धरानमा योजनाको भुक्तानी रोकिएपछि कार्यपालिका सदस्यहरुको सामूहिक ध्यानाकर्षण
सारांश
- धरान उपमहानगरपालिकामा आर्थिक वर्षको भुक्तानी प्रक्रिया रोकिएको विषयमा विवाद चुलिएको छ।
- उपप्रमुखसहित कार्यपालिका सदस्यहरूले भुक्तानीको माग गर्दै नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
- मेयरले फाइल प्रशासकीय अधिकृतले रोकेको बताएका छन् भने कार्यपालिकाले स्पष्टीकरण खारेज गर्न माग गरेको छ।
धरान। धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ समाप्त हुँदै गर्दा सम्पन्न योजनाहरूको भुक्तानी प्रक्रिया रोकिएको विषयमा विवाद चुलिएको छ।
उपप्रमुख अईन्द्र विक्रम बेघासहित २९ जना कार्यपालिका सदस्यहरूले आइतबार नगरप्रमुख हर्क साम्पाङलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै प्रक्रिया पूरा भएका योजनाको भुक्तानी तत्काल गर्न माग गरेका छन्।
उनीहरूले संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त योजनाहरूसमेतका फाइल लेखा शाखामा पुगिसकेको भए पनि नगरप्रमुखले ती फाइल नियन्त्रणमा लिएर भुक्तानी प्रक्रिया अवरुद्ध पारेको आरोप लगाएका छन्।
नगरप्रमुख साम्पाङले भने, “फाइल हेर्ने अधिकार मेरो पनि हो, तर भुक्तानी दिने अधिकार कुनै पनि जनप्रतिनिधिको होइन।” उनले फाइल प्रशासकीय अधिकृतले रोकेको भन्दै जवाफ मागिएको र त्यो स्पष्टिकरण प्राप्त नभएसम्म भुक्तानी प्रक्रिया अघि नबढ्ने स्पष्ट पारे।
यता प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंलाई नगरप्रमुखले असार १९ गते सोधेको स्पष्टीकरणलाई नियमविपरीत भन्दै कार्यपालिकाले खारेज गर्न माग समेत गरेका छन्।
कार्यपालिका सदस्यहरूले नगरप्रमुख साम्पाङमाथि नियमविपरीत काम गर्न कर्मचारीहरूलाई दबाब दिने, आतङ्कित बनाउने जस्ता कार्य बन्द गर्न माग गर्दै नगरपालिका सञ्चालन विधि अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
यदि असार २४ गते राति १२ बजेभित्र भुक्तानी नभए त्यसको जिम्मेवारी नगरप्रमुखले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।
ध्यानाकर्षण पत्रमा बजेट फ्रिज हुने खतरा रहेको र त्यसले उपमहानगरलाई ठूलो आर्थिक संकटमा पार्न सक्ने उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण