मुम्बई । रणवीर सिंहको जन्मदिनको विशेष अवसरमा, उनको बहुप्रतिक्षित फिल्म धुरन्धरको फर्स्ट लुक सार्वजनिक गरिएको छ। रणवीरलाई लामो कपालमा देखाइएको छ।
सञ्जय दत्त, अक्षय खन्ना र आर. माधवन पनि यो फिल्ममा छन्। २ मिनेट ४० सेकेन्डको टिजरमा जबरदस्त एक्सन र उत्कृष्ट पार्श्व संगीतले भरिएको छ।
धुरन्धर फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् । उनले यसअघि उरी: द सर्जिकल स्ट्राइक फिल्म बनाएका थिए ।
जियो स्टुडियोको ब्यानरमा बनेको यो फिल्म डिसेम्बर ५ मा सिनेमाघरमा रिलिज हुनेछ। फिल्ममा शाश्वतले संगीत दिएका छन्, जसमा गायिका जस्मिन र हनुमानकिन्दले स्वर दिएका छन्।
फिल्मको पहिलो लुक सार्वजनिक गर्नुका साथै धुरन्धर अभिनेता रणवीर सिंहले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट सबै पुराना पोस्टहरू मेटाएका छन्। अब उनको इन्स्टाग्राममा एउटा मात्र पोस्ट छ।
प्रतिक्रिया