फिल्म ‘जदौ’ मा भित्रिइन् नीति
सारांश
- नीति शाह 'जदौ' फिल्ममा मुख्य अभिनेत्रीको रूपमा प्रवेश गरेकी छिन्।
- मुकुन भुसालसँगै नीति शाहको जोडी बन्ने निश्चित भएको छ, जसको छायांकन भदौमा सुरु हुनेछ।
- 'जदौ' अन्तर्जातीय प्रेमकथामा आधारित फिल्म हो, जसलाई सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजले निर्माण गर्दैछन्।
काठमाडौँ । अन्तर्जातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेत्री नीति शाह भित्रिएकी छन् । फिल्ममा मुख्य अभिनेत्री भूमिका निर्वाह गर्ने गरेर उनी भित्रिएकी हुन् ।
फिल्म अभिनयको विषयमा निर्माण पक्ष र उनको कागजी सम्झौता समेत भैसकेको छ । फिल्ममा उनी अभिनेता मुकुन भुसालको जोडी बन्ने छिन् । मुकुन फिल्मका लागि केही अगाडि भित्रिएका हुन् ।
काजी लिम्बूको लेखन रहेको फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्न लागेको हो । रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्रीको सह निर्माताको रूपमा रहेको फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ ।
बाबुल गिरीको सङ्गीत रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा गरिनेछ । निर्माण संस्था सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार, प्राविधिकबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण