समाचार
सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्य संसदीय समितिबाट अनुमोदित
सोमबार, २३ असार २०८२, ११ : ४१
सारांश
- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन जनाको नाम अनुमोदन गरेको छ।
- न्यायाधीशमा मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेलको नाम अनुमोदन भयो।
- समितिले समावेशिताका आधारमा न्यायाधीश सिफारिस गर्न मन्त्रीको ध्यानाकर्षण गरायो।
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन जनाको नाम अनुमोदन गरेको छ । सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीश हुन् भने पोखरेल वरिष्ठ अधिवक्ता हुन्।
सभापति न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाको ध्यानाकर्षण गराइएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण