पोखरामा जुवातास खेलिरहेका १७ पक्राउ
सोमबार, २३ असार २०८२, १३ : २८
कास्की । पोखरामा जुवातास खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण