आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिवीच आधा घण्टा वार्ता : चाँडै नै नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपतिको संकेत

बुधबार, ०६ असार २०७५, १६ : १५
बुधबार, ०६ असार २०७५

बेइजिङ– ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । 

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । 

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो । 

सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएका छन् । 

नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गरेका थिए । 

राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे । 

प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। 

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उनले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताए । 

सोहि अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित हुनुभएकामा राष्ट्रपति सी लाई हार्दिक बधाई समेत दिए । 

उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । 

दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ ।  सो वार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी रहेका थिए । 

चीनका तर्फबाट राष्ट्रपति सी, विदेशमन्त्री वाङ यीलगायत वरिष्ठ चिनियाँ अधिकारीको सहभागिता थियो । 

राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।  सो अवसरमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान प्रस्तुत गरेको थियो । 

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए। 

प्रधानमन्त्री ओली आज बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा सहभागी भएका छन् । 

उनले आजै नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा पनि सहभागी भएका थिए । 

प्रधानमन्त्री ओलीको भ्रमणः ‘विकास र समृद्धिमा चिनियाँ सहयोगलाई जोड्ने अवसर’

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, के भयो कुराकानी ?

बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर हुँदा देखिएका १० तस्विर

विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षरपछि प्रधानमन्त्रीको यस्तो सम्बोधन

प्रधानमन्त्रीको चीन भ्रमणः सरकारी र निजी कम्पनीबीच आठ परियोजनामा हस्ताक्षर

बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले के भने ?

जलविद्युतमा चिनियाँ चासो, करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङ अवतरण गरेलगत्तै जे देखियो (फोटोफिचर)

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा किन परेन ‘लिपुलेक’को एजेन्डा ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप