जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
सारांश
- स्वास्थ्य मन्त्रीले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र मधेस आन्दोलनका घाइतेको उपचार सहज बनाउने निर्णय गरेका छन्।
- नयाँ कार्यविधिले द्वन्द्वपीडित, भूकम्पपीडित र अन्य आन्दोलनका घाइतेहरूको उपचार सुनिश्चित गर्नेछ।
- कार्यविधिले अस्पतालहरूलाई शोधभर्ना दिने र कृत्रिम अङ्ग तथा सहयोग सामग्रीको व्यवस्था गर्नेछ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेको उपचारमा सहज हुने निर्णय गरेका छन् ।
द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरूको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्ण उपचार हुन नसकेपछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरूलाई शोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् ।
अब सबै खालका आन्दोलनका घाइते, द्वन्द्वपीडित तथा भूकम्पका घाइतेहरूको उपचारसँगै अङ्ग प्रत्यारोपण वा सहयोग सामग्री आवश्यक भएमा व्यवस्था हुने जनाइएको छ । अङ्गभङ्ग भएकाहरूलाई कृत्रिम अङ्ग समेत प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।
घाइतेहरूको देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरूमा उपचार हुनेछ । कार्यविधिले उपचारपश्चात् अस्पतालहरूलाई भुक्तानी सहज बनाउने अपेक्षा गरिएको छ ।
यसअघि उपचार हुँदै आए पनि बजेट निश्चित नहुँदा उपचारमा समस्या तथा अस्पतालहरूलाई समस्या परेको गुनासो आउने गरेको थियो ।
यस वर्ष मन्त्रालयले घाइतेहरूको उपचारका लागि बेग्लै बजेट विनियोजन गरेको छ । बजेट तथा उपचारको सीमितताका कारण समस्या भोगेकाहरूको समस्या सदाका लागि सम्बोधन हुने गरी कार्यविधि निर्माण गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कार्यविधि स्वीकृत भए पछि घाइतेहरूको उपचारमा लामो समयदेखि देखिएको समस्या समाधान हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण