बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

केन्यामा हिंसात्मक प्रदर्शनमा  ११ जनाको मृत्यु, ५६७ जना पक्राउ

मङ्गलबार, २४ असार २०८२, ०८ : ४६
मङ्गलबार, २४ असार २०८२

सारांश

  • नैरोबीमा भएको हिंसात्मक प्रदर्शनमा गोली लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
  • प्रहरीले ५६७ प्रदर्शनकारीलाई पक्राउ गरेको छ, प्रदर्शनकारीहरूले लोकतन्त्र र आर्थिक सुधारको माग गरेका थिए ।
  • सात–सात आन्दोलनको ३५ औँ वार्षिकोत्सवको अवसरमा प्रदर्शन भएको थियो, र प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो ।

नैरोबी ।  केन्याको राजधानी नैरोबीमा सोमबार भएको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीले ५६७ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यी प्रदर्शनहरू १९९० को जुलाई ७  को ऐतिहासिक साबा–साबा (सात–सात) आन्दोलनको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारसित लोकतन्त्र र आर्थिक सुधारतर्फ ठोस कदम चाल्न माग गरेका थिए । 

दुई जनाको शव अस्पताल ल्याइएको र दुवैको गोली लागेर मृत्यु भएको ईगल नर्सिङ होमका डा. आरोन सिकुकुले बताएका छन् । यसपछि, सयौँ प्रदर्शनकारीहरू अस्पताल बाहिर भेला भए र शव हस्तान्तरणको माग गर्न थाले ।

स्थिति नियन्त्रण गर्न पुगेको प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा क्षेत्रमा अराजकता फैलियो । उक्साउने काम भएको भएपनि  अधिकारीहरूले संयम र व्यावसायिकता कायम राखेको सोमबार साँझ एक विज्ञप्तिमा प्रहरीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप