नेपालमा २५६९ अर्ब विदेशी मुद्रा, राष्ट्र बैंकसँग मात्रै २२७४ अर्ब
सारांश
- नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा १८ अर्ब ६५ करोड बराबर हो।
- राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूमा २९४ अर्ब ९२ करोड रुपैयाँ सञ्चिति रहेको छ, जसमध्ये भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ।
- विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
काठमाडौँ । नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिको आकार २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म कुल २५ अर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा १८ अर्ब ६५ करोड रुपैयाँ बराबर हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २२७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । कुल रकममध्ये भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको मंगलबार सार्वजनिक रिपोर्टमार्फत राष्ट्र बैंकले जनाएको छ ।
यो विदेशी विनिमय सञ्चितिले चालु आवको एघार महिनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
यो सञ्चिति नेपालको कुल गार्हस्थ्य उत्पादनको ४२.१, कुल आयातको १२२.९ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३४.१ प्रतिशत हो । असार मसान्तसम्म यो अनुपात क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण