वाइडबडी इन्जिन मर्मत प्रक्रियामा अनियमितता छैन : नेपाल वायुसेवा निगम
काठमाडौं । वाइडबडी जहाजको इन्जिन मर्मतसम्बन्धी प्रक्रियामा अनियमितता भएको भन्ने समाचारप्रति नेपाल वायुसेवा निगमले आपत्ति जनाएको छ ।
निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचारहरू तथ्यहीन, कपोलकल्पित र संस्थाको साखमा आँच पुर्याउने नियतसहित प्रकाशित भएको दाबी गरेको हो ।
निगमका अनुसार हाल सञ्चालनमा रहेका दुई वाइडबडी जहाजका चारवटै इन्जिन निकट भविष्यमा मर्मत गर्नुपर्ने भएकाले आवश्यक तयारीस्वरूप २०८१ फागुन १० गते उपसमिति गठन गरिएको हो ।
इन्जिन निर्माता कम्पनी रोयल्सरोयद्वारा उत्पादित जटिल इन्जिन मर्मतबारे जानकारी लिन निगमको टोली २०२५ अप्रिल २९ मा सिंगापुर गएको थियो ।
छलफलका क्रममा गैर–प्रकटीकरण सम्झौता गरिएको भए पनि कुनै गोप्य सम्झौता नभएको निगमको स्पष्टिकरण छ। टेन्डर प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी हुने जनाएको निगमले हाल उपसमिति टेन्डर दस्तावेजको अन्तिम तयारीमा जुटिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण