झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ
बुधबार, २५ असार २०८२, १० : ४४
सारांश
- मेचीनगर नगरपालिका-६ बाट एक भारतीय नागरिक एयर पेस्तोलसहित पक्राउ परेका छन्।
- प्रहरीले पश्चिम बंगालका २५ वर्षीय प्रतीक अग्रवाललाई स्कुटरको डिकीमा लुकाएर राखेको अवस्थामा हतियार फेला पारेको हो।
- अग्रवालको साथबाट एयर पेस्तोल, गोली र मोबाइल बरामद गरिएको छ, थप अनुसन्धान जारी छ।
झापा। झापाको मेचीनगर नगरपालिका-६ बाट एक जना भारतीय नागरिक एक थान एयर पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन्।
मंगलबार बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रुहरूको चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेको थियो । प्रहरीले एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल बरामद गरेको हो।
अवैध हतियारसहित पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण