अंश विवादमा देवरद्वारा भाउजूको हत्या
सारांश
- मोरङको रतुवामाईमा ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या भएको छ।
- प्रहरीले हत्याको आरोपमा टिकामायाका देवर टंकबहादुर बस्नेतलाई पक्राउ गरेको छ।
- अंश मुद्दाको रिसइबीका कारण टंकबहादुरले हँसियाले हानेर टिकामायाको हत्या गरेको स्वीकारेका छन्।
मोरङ। मोरङको रतुवामाई नगरपालिका-६ मा ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या भएको छ। प्रहरीले हत्याको आरोपमा टिकामायाका देवर ६९ वर्षीय टंकबहादुर बस्नेतलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत असार २१ गते दिउँसो करिब ४ बजे टिकामाया आफ्नै बारीमा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। उनी बोल्न पनि सक्दैन थिइन् ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोली र कोशी अस्पतालबाट फरेन्सिक डाक्टरसहितको टोलीले घटनास्थलमा पुगेर शव जाँच गर्दा मृतकको टाउकोको पछाडि, घाँटी नजिकको दायाँ भागमा भित्री चोट लागेर मृत्यु भएको खुलेको थियो।
थप अनुसन्धान गर्दै जाँदा टिकामायालाई उनकै देवर टंकबहादुर बस्नेतले दाजुभाइबिच चलेको अंशसम्बन्धी मुद्दामा उच्च अदालतबाट फैसला भइसकेको विषयलाई लिएर रिसिइबी र झगडाका कारण हत्या गरेको खुलासा भएको थियो। टंकबहादुरले हँसियाको बिँडले टिकामायाको टाउकोको पछाडि, घाँटी नजिकको दायाँ भागमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।
प्रहरीले असार २३ गते टंकबहादुर बस्नेतलाई उनकै घरबाट हत्यामा प्रयोग भएको हँसियासहित नियन्त्रणमा लिएको थियो। उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा ल्याई मोरङ जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण