बैंकको लाइसेन्स बन्द गर्दा अर्थतन्त्रमा शिथिलता निम्तियो : नरबहादुर थापा
बुधबार, २५ असार २०८२, १२ : २४
सारांश
- पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्र शिथिल हुनुको कारण लाइसेन्स बन्द भएको बताए।
- थापाले तदर्थवादले मुलुक चल्न नहुने र देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताए।
- उनले नेपालले सित्तैमा विदेशी मुद्रा पाइरहेको र लगानी घटिरहेको अवस्थामा उच्च आर्थिक वृद्धि कसरी हुन्छ भनी प्रश्न गरे।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताएका छन् ।
आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा आज भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने बताउँदै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताए ।
नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र त्यसले नीति निर्माताहरू मात्तिएको अवस्था रहेको उनले बताए । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताए ।
लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण