त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा दीपक अर्याललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका छन्।
- शिक्षा मन्त्रीको संयोजकत्वमा रहेको समितिले अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको थियो।
- उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले असार २३ गते अर्यालसहित ती जनाको नाम सिफारिस गरेको थियो । समितिले अर्यालसहित हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्व डीन प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । ओलीले जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहेका अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । बरालले दिएको राजीनामा ओलीले गत चैत २८ गते स्वीकृति गरेका थिए ।
वर्तमान सरकार तथा पदाधिकारीहरूबाट काम गर्न गाह्रो भएको भन्दै बरालले राजीनामा दिएर पोखरा हिँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण