‘कान खोलेर सुन्नुहोस्’ भन्दै प्रधानमन्त्रीको सचिवालयलाई सोविताले फर्काइन् जवाफ
सारांश
- सांसद सोबिता गौतमले आफूले स्पेनको कार्यक्रमबारे बोलेको कुरा नबुझेको प्रतिक्रिया दिइन्।
- उनले प्रधानमन्त्रीसँग स्पेन गएका मानिस नफर्किएको नभनेको स्पष्ट पारिन्।
- गौतमले आफ्नो भनाइ रेकर्डबाट हटाउनुको कारण नेपाली भाषा बुझाइमा समस्या भएको बताइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै सांसद गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको बताइन् ।
उनको भनाइ जस्ताको तस्तै :
हिजो मैले संसद्मा राखेको विषयवस्तु हटाउन माग पनि भएको रहेछ । हामी सदन बहिस्कार गरेर गएपछि पछि थाहा भयो । प्रधानमन्त्रीको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ ।
रास्वपा जिम्मेवार पार्टी हो । जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म केही आफ्ना कुरा सबैको जानकारीका लागि र स्पष्टताका लागि पुनः एक पटक राख्न चाहन्छु ।
मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस् । हिजो बोलेको वाक्य पुनः दोहोर्याउन चाहन्छु । स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा केही मानिसहरू कार्यक्रमको बहाना बनाएर सहभागी हुने बहानामा गएर भन्ने लगायतका समाचारहरू आइरहेका छन् ।
मैले भनेको वाक्य यति नै हो । प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ ।
मेरो भनाइ रेकर्डबाट किन हटाउने ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउन पर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ त्यो मेरो समस्या होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण