बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लेखा अधिकृतसँग स्रोत नखुलेको ६ करोड २६ लाख रकम, विशेष अदालतमा मुद्दा दायर

बुधबार, २५ असार २०८२, १६ : ५६
बुधबार, २५ असार २०८२

सारांश

  • गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाखको मुद्दा दायर गरिएको छ।
  • अख्तियारले पौडेलले अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
  • पौडेलले २०५४ देखि २०८० सम्म ३ करोड ३९ लाख कमाएको देखिए पनि ९ करोड ६६ लाख खर्च गरेका थिए।

काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार रुपैयाँको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा पौडेलले २०५४ माघ ८ गतेदेखि २०८० मङ्सिर १० गतेसम्मको अवधिमा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीबाटको आयलगायतबाट ३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको देखिएको थियो ।

तर जाँच अवधिमा व्ययतर्फ घरजग्गा खरिद, निर्माण र परिवारका नाममा विभिन्न बैंक खातामा रहेको रकम तथा अन्य खर्च हेर्दा ९ करोड ६६ लाख रुपैयाँ खर्च भएको देखिएको थियो । जाँच अवधिमा ६ करोड बढी सम्पत्तिको स्रोत पुष्टि नभएपछि सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अवैधानिक सम्पत्ति आर्जन गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप