प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश
सारांश
- काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई ढल निर्माण ठेक्कामा अनियमितता आरोपमा मुद्दा दायर गरिएको छ।
- विशेष अदालतले परियारलाई २५ हजार धरौटीमा र निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
- बुधबार परियार, आचार्य र ढकाल विशेष अदालतमा उपस्थित भएका थिए र बयानपछि उनीहरूलाई धरौटीमा रिहा गरिएको हो।
काठमाडौँ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई पुर्पक्षका लागि २५ हजार छाड्न विशेष अदालतले आदेश गरेको छ ।
बुधबार परियार सहित निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी तिराइ पुर्पक्षमा छाड्न समेत अदालतले आदेश गरेकाे छ ।
बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो ।
थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते परियार, आचार्य र ढकालसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरी त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरी हानी नोक्सानी पुर्याएको आरोप परियारलाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण