बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२० लाख र १६ लाख ५० हजार ठग्ने दुई जना पक्राउ

बुधबार, २५ असार २०८२, २० : १६
बुधबार, २५ असार २०८२

काठमाडौं । विदेशमा रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। वैदेशिक रोजगारको नाममा ठगीमा संलग्न रहेका ती व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन्।

श्रेष्ठले सर्विया पठाइदिने भन्दै तीन जना पीडितसँग कूल २० लाख रुपैयाँ ठगी गरेकी थिइन् भने लाम्ताङ्गेले ग्रीस पठाइदिन्छु भनी एक जना पीडितसँग १६ लाख ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ। दुवैले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्याउँदै आएका थिए।

पीडितहरूबाट प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्दा ठगीको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप