रिज्नू अधिकारीद्वारा एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा
सारांश
- रिज्नू अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको महिला संयोजक पदका लागि उम्मेदवारी घोषणा गरिन्।
- उनले महिला हक, सम्मान, सशक्तीकरण र समावेशी नेतृत्व विकासलाई प्राथमिकता दिने बताएकी छिन्।
- अधिकारीले विगतमा एनआरएनए र नारीनिकुञ्जमा काम गरेको अनुभव रहेको र सेवा, पारदर्शिता र सहकार्यमा जोड दिने बताइन्।
अस्ट्रेलिया । रिज्नू अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत राष्ट्रिय महिला संयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
महिलाहरूको हक, सम्मान र सशक्तीकरणका साथै समावेशी नेतृत्व विकासलाई प्राथमिकता दिँदै उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन्।
विगत चार वर्षदेखि एनआरएनएको सक्रिय सदस्यका रूपमा कार्यरत अधिकारीले सन् २०२१ देखि २०२३ सम्म दक्षिण अस्ट्रेलिया राज्य नारीनिकुञ्जमा महिला सदस्यका रूपमा काम गरेकी थिइन्।
त्यसैगरी, सन् २०२३ देखि हालसम्म उनी दक्षिण अस्ट्रेलिया नारीनिकुञ्जको महिला संयोजकको जिम्मेवारी सम्हालिरहेकी छिन्। यस अनुभवले आफूलाई राष्ट्रिय स्तरमा थप परिणाममुखी काम गर्न प्रेरित गरेको उनले बताएकी छिन्।
अधिकारीले आफ्नो उम्मेदवारी व्यक्तिगत आकाङ्क्षा नभई सशक्त, स्वाभिमानी र समान अवसरप्राप्त महिला नेतृत्वको प्रतिनिधित्व भएको बताएकी छिन्। उनले आफू राजनीतिभन्दा सेवा, पारदर्शिता र सहकार्यमा विश्वास राख्ने स्पष्ट पारेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण