रसुवाको बाढीले ६०० मेगावाट जलविद्युत आयोजनामा क्षति हुँदा दैनिक करोडौँ घाटा : इप्पान
सारांश
- भोटेकोशीमा आएको बाढीले जलविद्युत आयोजनामा क्षति पुर्याएको छ, जसले गर्दा ६०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्।
- बाढीले रसुवा र नुवाकोटमा रहेका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ, जसले गर्दा उत्पादन बन्द भएको छ र निर्माण कार्य रोकिएको छ।
- नेपाल-चीन व्यापारिक नाकाको पुल बगाउँदा व्यापारमा असर परेको छ, र सरकारले नाका सुचारु गर्न आवश्यक पहल गर्नुपर्नेछ।
काठमाडौँ । असार २४ गते मङ्गलवार चीनतर्फबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले जलविद्युत आयोजनाहरूमा ठुलो क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार, बाढीका कारण करिब ६०० मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू प्रभावित भएका छन् ।
रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको इप्पानले जानकारी दिएको छ । उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ । आयोजनामा ठुलो भौतिक र आर्थिक क्षति भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलविद्युत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानले जनाएको छ ।
देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।
त्यस्तै निर्माणाधीन आयोजनाहरूमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिएको इप्पानले जनाएको छ ।
टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौँ मालवाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौँ गाडीहरूसमेत बाढीले बगाएको, निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको छ । नेपाल–चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीहरूमा पारेको प्रभावप्रति इप्पानले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाल र चीनबिच वार्षिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व सङ्कलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।
बाढी पहिरोले विध्वंस मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जनाको उद्धार सरकारले गरेको इप्पानले जानकारी दिएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरू अघि बढाउन पनि नेपाल सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण