काभ्रेबाट कालीमाटी ल्याएको घिउ सिमी ‘उपभोग अयोग्य’
बिहीबार, २६ असार २०८२, १५ : २१
सारांश
- काभ्रेबाट कालीमाटी तरकारी बजारमा ल्याइएको घिउ सिमी उपभोग अयोग्य पाइएको छ।
- परीक्षणमा घिउ सिमीमा अर्गानोफस्फेट नामक विषादी उपभोग्य मात्राभन्दा बढी भेटियो।
- परीक्षण गरिएको घिउ सिमीमा ८६.५४ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिने भएको छ।
काठमाडौँ । काभ्रे जिल्लाबाट काठमाडौँको कालीमाटी तरकारी बजारमा ल्याएको घिउ सिमी उपभोग अयोग्य भएको पाइएको छ । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गरेको परीक्षणमा शान्ता ढुङ्गानाले बेच्न ल्याएको घिउ सिमीमा अर्गानोफस्फेट नामक विषादी उपभोग्य मात्रा भन्दा बढी पाइएको रिपोर्टमा उल्लेख छ ।
उक्त विषादी ४५ प्रतिशत भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ । परीक्षण गरिएको घिउ सिमीमा ८६.५४ प्रतिशत विषादी पाइएको हो । बिहीबार कालीमाटीको १५ वटा नमुना परीक्षण गरेकोमा एउटा मात्रै उपभोग अयोग्य भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तो छ रिपोर्ट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण