चलचित्र ‘चिट्ठी’ भदौ २० बाट प्रदर्शनमा आउने
काठमाडौँ । माधव राज खरेलद्वारा निर्देशित चलचित्र ‘चिट्ठी’ भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् । चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युसनले लिएको हो ।
हरर कमेडी तथा स्पेन्स थ्रिलर शैलीमा तयार भएको फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ। जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा फिल्म हेर्न पाउने भएका छन् ।
फिल्ममा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलको मुख्य भूमिका छ । फिल्ममा मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारलाई विशेष भूमिकामा देख्न सकिन्छ ।
सरोज कोइरालाको संगीत रहेको ‘चिठ्ठी’ लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण