भारतमा स्टारलिंक इन्टरनेट सेवा सुरु हुने तयारी, अन्तिम स्वीकृति प्राप्त
शुक्रबार, २७ असार २०८२, ०३ : ५७
सारांश
- एलन मस्कको स्टारलिंकले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनको अन्तिम स्वीकृति पायो।
- भारतको अन्तरिक्ष नियामकले स्टारलिंकलाई २०३० सम्मका लागि अनुमति दिएको छ।
- स्टारलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको छ।
काठमाडौँ । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंकले भारतमा सञ्चालनको लागि अन्तिम स्वीकृति प्राप्त गरेको छ। भारतको अन्तरिक्ष क्षेत्र नियामक निकायले जुलाई ८ मा स्टारलिंकलाई भारतको आकाशमा स्याटलाइट इन्टरनेट सेवा दिन अनुमति दिएको हो।
यो स्वीकृति २०३० जुलाई ७ सम्मका लागि मान्य हुनेछ। सबै योजना अनुसार अघि बढ्यो भने, स्टारलिंक २०२५ को अन्त्य या २०२६ सुरुमा सेवा सुरु गर्ने लक्ष्यमा छ।
स्टारलिंकले उपग्रहमार्फत इन्टरनेट सेवा प्रदान गर्छ, जुन दुर्गम तथा ग्रामीण क्षेत्रमा विशेष लाभदायक हुने विश्वास गरिएको छ। यस प्रणालीले सिधै स्याटलाइटबाट प्रयोगकर्ताको घरमा राखिएको सानो डिशमार्फत इन्टरनेट सेवा पुर्याउँछ।
हालसम्म, स्टारलिंक विश्वका १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ र ६,००० भन्दा बढी उपग्रह प्रक्षेपण भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण