अनावश्यक हर्न प्रयोग गर्नेलाई कारबाही गरिने
शुक्रबार, २७ असार २०८२, ०७ : १०
सारांश
- काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि ट्राफिक प्रहरीले हर्नको प्रयोग नगर्न अनुरोध गरेको छ।
- अनावश्यक हर्न बजाएमा ज्येष्ठ नागरिक, बालबालिका र सर्वसाधारणमा गम्भीर असर पर्ने भन्दै ट्राफिकले चिन्ता व्यक्त गरेको छ।
- यातायात व्यवस्था ऐन २०४९ अनुसार ध्वनि प्रदूषण गर्नेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण बढेको गुनासो आएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई हर्नको प्रयोग नगर्न अनुरोध गरेको छ।
लाखौँ सवारी साधन गुड्ने काठमाडौँ उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण भई ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा गम्भीर असर पर्ने भएकाले अत्यावश्यक र विशेष परिस्थितिमा बाहेक हर्न प्रयोग नगर्न कार्यालयले आग्रह गरेको हो।
यदि कसैले अनावश्यक हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनि प्रदूषण गर्न नहुने व्यवस्था अनुसार कारबाही गरिने समेत ट्राफिक प्रहरी कार्यालयले स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण