केयूकेएलमा कर्मचारी माग, कहिलेसम्म आवेदन दिन सकिन्छ ? (सूचनासहित)
शुक्रबार, २७ असार २०८२, ०८ : ३१
१
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ।
लोक सेवा आयोगको सहमतिपछि केयूकेएलले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले दरखास्त फाराममा पासपोर्ट साइजको फोटो टाँसी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू आफैँ प्रमाणित गरी आजको २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत विकास शाखामा बुझाउन सक्नेछन्। यस्तै तोकिएको म्यादपछि सात दिनभित्र पनि दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको भोलिपल्ट पनि दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ।
विस्तृतमा सूचनामा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण