युवा क्रिकेट खेलाडी रावलले भने– मलाई सम्मानमा प्रमाणपत्र होइन, आर्थिक सहयोग गर्नुस्
सारांश
- युवा क्रिकेटर सुशील रावलले आर्थिक सहयोगको लागि सामाजिक सञ्जालमा अपिल गरेका छन्।
- मलेसियामा यू-१६ कप जितेका रावलले यू-१९ टिमको तालिमका लागि भारत जान आर्थिक सहयोग मागेका हुन्।
- रावलले आफ्नो क्युआर कोड शेयर गर्दै आर्थिक सहयोगको अपिल गरेका छन्।
काठमाडौँ । युवा क्रिकेटर सुशील रावलले आफूलाई आर्थिक सहयोगको आवश्यकता परेको बताएका छन् । उनले सामाजिक सञ्जालमा शुक्रबार बिहान एक पोस्ट गर्दै स्वागत र सम्मानमा आफूलाई प्रमाणपत्र र माला नभई आर्थिक सहयोग चाहिएको बताएका हुन् ।
हालैमात्रै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले भनेका छन्, ‘अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ । २/३ महिनामा यू–१९ नेशनल टीमका लागि छनोट हुँदै छ । त्यसका लागि तालिम गर्न भारत जानुपर्ने भएको छ । करिब १ लाख खर्च लाग्दै छ । आर्थिक अवस्था कमजोर छ भनेर भन्दा मलाई गाह्रो छैन । त्यही भएर मलाई सम्मानको खादा माला र प्रमाण पत्र भन्दा आर्थिक कुरालाई महत्त्व दिई दिनुहोला ।’
उनले आज आर्थिक सहयोगका लागि ‘सपना रोकाया’को क्युआर समेत शेयर गरेका छन् । एनएसएलमा ट्यालेन्ट हन्टमा पर्दै सुदूरपश्चिम रोयल्समा पुगेका खेलाडी हुन् बझाङका रावल । आठ वर्षको उमेरमै खेल मैदान छिरेका उनी प्रशिक्षकको रोजाइमा परेका उनी बझाङमा छनोट हुँदै प्रशिक्षक सुरेन्द्र सिंहको निगरानीमा अभ्यास सुरु गरेका हुन् ।
देब्रे हाते मिडियम पेस बलर सुशीलको बलिङ गति १२५ किमी प्रतिघण्टासम्म पुग्छ । प्रशिक्षक सिंहले रावल राष्ट्रिय यू–१९ टिममा देखिने सम्भावना बोकेको खेलाडी भएको बताए । मलेसियामा फाइनल खेलमा सिंगापुरविरुद्ध सुशीलले ८ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । जापानविरुद्धको खेलमा पनि १ विकेट लिएर टोलीको बलिङ लाइन बलियो बनाएका थिए ।
यसैबीच रातोपाटीसँग कुरा गर्दै रावलले आफूलाई आर्थिक समस्या परेकै कारण सार्वजनिक अपिल गरेको बताए । उनले आफूले सार्वजनिक गरेको क्युआर परिवारकै सदस्यको भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026