सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी
सारांश
- नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई इरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले जनाएको छ।
- मोहम्मदीलाई इरानका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज्यान लिने धम्की दिएका छन्।
- समितिले मोहम्मदी र इरानी नागरिकको सुरक्षाको चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई जीवन र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आह्वान गरेको छ।
तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई तेहरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले शुक्रबार जनाएको छ । बितेको एक दशकको अधिकांश समय जेलमा बिताएकी मोहम्मदीलाई गत डिसेम्बरमा तेहरानको इभिन जेलबाट मेडिकल बिदामा सीमित समयका लागि रिहा गरिएको थियो।
नर्वेको नोबेल कमिटीका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले एक विज्ञप्ति जारी गर्दै ५३ वर्षीया मोहम्मदीको ‘जरुरी फोन’ आएको बताएका छन् । उनले भनेका छन्, ‘मोहम्मदीको आफ्नै शब्दमा भन्ने स्पष्ट सन्देश के हो भने मलाई प्रशासनका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ‘ज्यान लिने’ धम्की दिएका छन् ।’
विज्ञप्तिमा भनिएको छ- ‘मोहम्मदीलाई दिइएको धम्कीले स्पष्ट पार्छ कि जबसम्म उहाँले इरानभित्र सबै सार्वजनिक संलग्नता र लोकतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा कुनै पनि अन्तर्राष्ट्रिय वकालत वा मिडिया उपस्थितिलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्न उहाँको सुरक्षा खतरामा छ ।’
समितिले मोहम्मदी र ‘आलोचनात्मक आवाजसहित सबै इरानी नागरिकमाथिको खतराप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र अधिकारीहरूलाई उनीहरूको जीवन मात्र होइन, उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको पनि रक्षा गर्न आह्वान गरेको छ।
इरानमा मृत्युदण्डको व्यापक प्रयोग गरिएको र महिलाका लागि देशको अनिवार्य ड्रेस कोडविरुद्ध मुखर अभियान चलाएको भन्दै मोहम्मदीमाथि पटक–पटक मुद्दा चलाइएको छ । उनलाई मुख्यतया इरानमा महिला उत्पीडनविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण योगदानका लागि दुई वर्ष पहिले नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यतिबेला उनी जेलमा रहेकाले उनका छोराछोरीले उनको तर्फबाट पुरस्कार बुझेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण