नक्कली पेस्तोल देखाई सात लाख खोसेर भाग्ने चार जना पक्राउ
काठमाडौँ । नक्कली पेस्तोल देखाई सात लाख खोसेर भाग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको भन्दै बिहीबार चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपववालिका वडा नम्बर १ बोडे बस्ने २८ वर्षिय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन,सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर १ बोडे बस्ने बर्ष २५ वर्षिय प्रकाश तामाङ भन्ने सुर्य बहादुर पाइन रहेका छन् ।
त्यस्तै सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर१ बोडे बस्ने ३६ वर्षिय सागर भन्ने सन्तबिर पाइन र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १६ धापाखेल बस्ने ३५ वर्षिय बिष्णु कुमार रुम्बा रहेका छन् ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार पीडितलाई आफूसँग ६ हजार अमेरिकन डलर रहेको र ७ लाख नेपाली रकम दिनु भन्दै गत आइतबार भक्तपुरको चागुँनारायण नगरपालिका वडा नम्बर ४ हलछाप स्थित एकान्त जंगलमा लगेर ५र६ जनाको समूहले नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आइफोन मोबाईल र नगद रु सात लाख जबरजस्ती खोसी फरार भएका थिए ।
स्कुटर,मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण