एभियोट्रेस टेक्नोलोजीका उपाधिहरू छानबिन गर्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले अवैधानिक हवाई प्रविधि(एभियोट्रेस टेक्नोलोजी) सँग सम्बन्धित कार्यक्रम बन्द गराउन निर्देशनात्मक आदेश जारी गरेको छ ।
राज्यको कुनै पनि निकायबाट अनुमति नलिई विगत ७ वर्षदेखि सञ्चालनमा रहेको एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीविरुद्ध दायर रिटमा न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र कृष्णराम कोइरालाको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो ।
उक्त संस्थाले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रम तथा त्यसअन्तर्गत प्रदान गरिएका उपाधिहरू कानुनअनुसार वैधानिक छन् कि छैनन् भनी छानबिन गर्न पनि आदेशमा भनिएको छ । कानुनसम्मत नदेखिएमा तत्काल बन्द गराउन सरकारका नाममा आदेश जारी भएको छ ।
रिट निवेदनमा एभियोट्रेसले विदेशी विश्वविद्यालयको नाममा सम्बन्धन प्राप्त रहेको झुटो दाबी गर्दै प्रत्येक विद्यार्थीबाट करिब १४ लाख रुपैयाँ शुल्क असुली गरेर दुई वर्षे ‘एभिएसन टेक्नोलोजी’ कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरेका थिए ।
उक्त संस्थाले शिक्षा मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, काठमाडौँ महानगरपालिका लगायत कुनै पनि नियामक निकायबाट अनुमति लिएको प्रमाण नभएको दाबी गरिएको थियो । उक्त संस्था केवल कम्पनी रजिष्ट्रार कार्यालयमा प्रालिको रूपमा मात्र दर्ता रहेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण