कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल
सारांश
- माधवकुमार नेपालले वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताए।
- उनले देशको आर्थिक, राजनीतिक र सामाजिक संकट समाधानका लागि ध्रुवीकरण आवश्यक रहेको उल्लेख गरे।
- पूर्वप्रधानमन्त्री नेपालले सुशासन, रोजगारी र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबिच ध्रुवीकरणका लागि प्रयास भइरहेको बताएका छन् ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताए ।
कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वाम समूहको एकता अपरिहार्य रहेको विचार व्यक्त गरे । उनले मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न कम्युनिस्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी, जनतालाई सेवा प्रवाहको विषय प्राथमिकता राख्नुपर्ने उल्लेख गरे । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष अगाडि तामेलीमा राखेको बताउँदै उनले राजनीतिक षड्यन्त्रका कारण आफूलाई उक्त विषयमा मुद्दा दायर गरिएकामा असन्तुष्टि व्यक्त गरे ।
पार्टीलाई कमजोर तथा राजनीतिक रूपमा असहज बनाउन आयोगले मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे ।
आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताउँदै अध्यक्ष नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताए । आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण