बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रसुवा बाढीमा फसेका ४ वटा ईभी र ११ वटा कन्टेनर सुरक्षित स्थानमा सारियो

शुक्रबार, २७ असार २०८२, २३ : ०६
शुक्रबार, २७ असार २०८२

सारांश

  • रसुवा बाढीमा फसेका ४ वटा ईभी गाडी र ११ वटा कन्टेनरलाई सुरक्षित स्थानमा सारियो।
  • सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिम्मुरेले गाडी र कन्टेनरलाई सुरक्षित स्थानमा सार्यो।
  • सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा सुरक्षा फौज खटिएको थियो।

काठमाडौँ । गत असार २४ गते मध्यरातमा आएको रसुवा बाढीमा फसेका थप ४ वटा ईभी गाडी र ११ वटा कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ । रसुवा भन्सार कार्यालय टिमुरे यार्डमा फसेका ती गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिम्मुरेबाट सुरक्षित स्थानमा सारिएको हो  ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा खटिएको सुरक्षा फौजले शुक्रबार गाडी र कन्टेनरलाई सुरक्षित स्थानमा सारेका सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप