बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३४ जनालाई सुरक्षितसाथ गन्तव्यतर्फ पठाइयो

शुक्रबार, २७ असार २०८२, २३ : १२
शुक्रबार, २७ असार २०८२

सारांश

  • रसुवा बाढीमा फसेका ८९ जनालाई वैकल्पिक सडक मार्गबाट सुरक्षित गन्तव्यतर्फ पठाइयो।
  • बाढीमा बेपत्ता भएका २० मध्ये ६ जनाको शव फेला परेको छ, जसमा एक नेपालीको सनाखत भयो।
  • विपद् प्रभावित क्षेत्रमा सञ्चार, विद्युत् र सडक सुचारु गर्नका लागि पहल भइरहेको छ।

काठमाडौँ । रसुवा बाढीमा फसेका थप ८९ जनालाई असार २७ गते वैकल्पिक सडक मार्ग बनाई सुरक्षित साथ गन्तव्यतर्फ पुर्‍याइएको छ । टिमुरेबाट स्याफ्रुवेशीतर्फ वैकल्पिक सडक बनाई ५५ जनालाई गन्तव्यतर्फ पठाइएको हो । 

जसमा ४५ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै स्याफ्रुवेशीबाट टिमुरेतर्फ ३४ जनालाई गन्तव्यतर्फ पठाइएको छ जसमा १ महिला र ३३ पुरुष छन् । उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वैकल्पिक सडक मार्ग बनाई गन्तव्यतर्फ पुरयाएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

यसअघि नदीमा आएको बाढीको कारण बन्द भएको सडक खण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई ५ सय ६८ जनालाई सुरक्षितसाथ गन्तव्यतर्फ पुरयाएको थियो । 

संचार, विद्युत सडक मार्ग सुचारु

त्यस्तै विपद् प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार र विद्युत् र सडकलाई सञ्चालन ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समिति रसुवाको बैठकले सम्बन्धित निकायहरूलाई निरन्तर परिचालन गरी सुचारु गरिएको  हो । 

विपद्का कारण अवरुद्ध भएको स्याफ्रुवेशी–रसुवागढी सडक खण्डलाई यथाशीघ्र सुचारु गर्नको लागि जलविद्युत आयोजनामा रहेका विभिन्न हेवी इक्युपमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरिएको र  बाटो सुचारु गर्नको लागि आवश्यक थप इक्युपमेन्ट, जनशक्ति र श्रोत साधन व्यवस्थाको लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको  छ ।

१४ जना अझै बेपत्ता, एक जनाको सनाखत

रसुवा बाढीमा परी बेपत्ता भएका २० जनामध्ये ६ जनको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको छ । बेपत्ता हुनेमा १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक रहेका छन् । बेपत्तामध्ये नेपाल प्रहरीका लाल बहादुर श्रेष्ठका शव सनाखत भएको छ । 

अन्य बेपत्ता हुनेहरूमा नेपाली नागरिक मुना ठाकुर, लोकेन्द्र बोहरा, जिप्सन थारु, सन्तोष दहित, बुद्धिराम थारु, सुरेश थारु, लक्ष्मीनारायण थारु, नरेन्द्र बिक, फुर्वा लामा, भुवनसिंह मोक्तान, जोगमान तामाङ, धनराज विक र दिल तामाङ छन् । 

त्यस्तै चिनियाँतर्फका YU Yue, Lihuaqing, Yang Chuan, Hai Hang, You Xiao Qiu र Jou YOng छन् । सनाखत हुन नसकेको शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप