बाढीको असर हेर्न ट्रम्प टेक्सासमा
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सासको बाढी प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरे।
- ट्रम्प दम्पतीले बाढी प्रभावित परिवारहरूसँग भेटघाट गरी दुःख व्यक्त गरे र सहयोगको प्रतिबद्धता जनाए।
- बाढीका कारण सयौंको मृत्यु भएको र अझै १६० भन्दा बढी बेपत्ता रहेको बताइएको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास राज्यको केर काउन्टी पुगेका छन्, जहाँ गएको साता आएको भीषण बाढीले सयाैँ जनाको ज्यान लिएको थियो भने अझै १६० भन्दा बढी मानिस बेपत्ता छन्।
राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प शुक्रबार स्थानीय अधिकारीहरूसँग भेटेर बाढीबाट ध्वस्त बनेका क्षेत्रमा अवलोकनमा पुगेका हुन् । बढी प्रभावित क्षेत्र पुगेका ट्रम्पले भने, “मैले यति ठूलो विनाश कहिल्यै देखेको थिइनँ।”
राष्ट्रपति दम्पतीले बाढीबाट प्रभावित परिवारहरूसँग भेटघाट गरे। मेलानिया ट्रम्पले पीडित परिवारका लागि प्रार्थना गरेको बताइन्। उनले भनिन्, “हामी तपाईँहरूको दुःखमा साथ छौँ।” उनले पुनः आउन प्रतिबद्धता जनाइन्।
हालसम्म १२ हजारभन्दा बढी स्वयंसेवकले हराएका मानिसहरूको खोजीमा दिनमा १० घण्टा काम गरिरहेका छन्।
बाढी शुक्रवार बिहान सबेरै आएको थियो। ग्वाडालुप नदी ४५ मिनेटमै २६ फिट (८ मिटर) माथि उठेपछि नदी किनाराका घर, सडक र गाडीहरू बगाएको थियो।
सरकारी चेतावनी ढिला पुगेको भन्दै प्रश्न उठेपछि ट्रम्पले भने, “त्यस्तो प्रश्न केवल नराम्रो मानिसले मात्र सोध्छ।” उनले आपत्कालीन अवस्थामा पछाडि बसेर आलोचना गर्नु सजिलो हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण