१० बजे १० समाचार : लिङ्देनविरुद्ध सुवेदी, उपेन्द्रलाई रेशमको एकता प्रस्ताव
आज मिति २०८२ साल असार महिनाको २८ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–
- रेशमको उपेन्द्रलाई प्रस्ताव
जनता समाजवादी पार्टी नेपालले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी उपस्थित भई आफ्नो मन्तव्यका क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एकताका लागि आग्रह गरेका छन्।
- लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् ।
- सिमलताल दुर्घटना
नेपालको सबैभन्दा ठुलो सडक दुर्घटनामध्ये एक सिमलताल बस दुर्घटना भएको एक वर्ष बितेको छ । गत वर्ष असार २८ गते शुक्रबार बिहान करिब ३ः३० बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९, सिमलताल भन्ने स्थानमा दुई वटा यात्रुवाहक बस पहाडबाट बग्दै आएको डेब्रिससहितको पहिरोमा परे । दुवै बस त्रिशूली नदीमा खसेर बेपत्ता हुँदा ठुलो मानवीय क्षति भएको थियो ।
- नयाँ नियम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नियम लागू भएको छ ।
- प्रथम नेपाली महिला
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २९ औँ एपिसोड चैतमाया डंगोलका सम्बन्धमा छ । चैतमाया डंगोल ‘प्रथम नेपाली महिला प्रहरी’ हुन् ।
- ‘पान मिठो चुनामा’
धेरै गीतसंगीत यस्ता छन्, जसले ठुलै प्रचारप्रसार गर्दा पनि चर्चा बटुल्न सकेका छैनन् । शब्द, संगीत, भिडियोमा निकै खर्च गरे पनि र पर्याप्त लगानी गरे पनि केही गीतहरू त्यसै त्यसै हराइरहेका हुन्छन् ।
- खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा निर्वाचित वर्तमान कार्यसमितिको कार्यकालमा वित्तीय पारदर्शिता र सुशासन कायम गर्दै विश्व फुटबल महासंघ (फिफा) बाट सन् २०२१ मार्च १५ देखि लागू भएको कन्ट्रोल फन्डिङ सिस्टम हटाउन सफल भएको घोषणा गरेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी हुने खेलाडीहरूका लागि दर्ता प्रक्रिया खुला गरेको छ । शनिबार क्यानका प्रवक्ता छुम्बी लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै सो प्रतियोगिताको दोस्रो संस्करणका लागि दर्ता प्रक्रिया खुल्ला गरिएको जानकारी दिएका हुन् ।
- स्वास्थ्य
बीएन्डबी अस्पतालकी डाइटिसियन अंशु बज्राचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :
बीएण्डबी अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जना कार्कीसँगको कुराकानी :
- अन्तर्वार्ता
- शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण