बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विमानस्थलमा भीआईपी/भीभीआईपीका लागि नयाँ नियम, अध्यागमनमा स्वयं उपस्थित अनिवार्य

शनिबार, २८ असार २०८२, १७ : ३०
शनिबार, २८ असार २०८२

सारांश

  • त्रिभुवन विमानस्थलमा भीआईपी तथा भीभीआईपीको आगमन र प्रस्थान प्रक्रियामा नयाँ नियम लागू भएको छ।
  • अब भीआईपी/भीभीआईपीहरूले अध्यागमन प्रक्रियाका लागि स्वयं उपस्थित भई फोटो खिचाउनुपर्नेछ।
  • नयाँ नियमले विमानस्थलको अध्यागमन प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नियम लागू भएको छ ।

अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै अबदेखि भीआईपी/भीभीआईपीहरूले अध्यागमन प्रक्रिया पूरा गर्नका लागि अनिवार्य रूपमा स्वयं उपस्थित भएर फोटो खिचाउनुपर्ने व्यवस्था गरेको हो।

अध्यागमन कार्यालय, त्रि.अ.वि. का प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै भीआईपी तथा भीभीआईपी महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई सरल, सहज, शीघ्र एवं सुविधायुक्त बनाउन छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरिएको उल्लेख छ।

`उक्त भीआईपी/भीभीआईपी डेस्क प्रयोग गरी आगमन/प्रस्थान गर्नुहुने महानुभावहरूले (अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्ने गरी कुनै ऐन, कानुनमा उल्लेख भएका बाहेक) अनिवार्य रूपमा अध्यागमन प्रक्रिया (भीआईपी/भीभीआईपी डेस्कमा स्वयं उपस्थित भई फोटो समेत खिचाई) पूरा गरिदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गरिएको छ,´ सूचनामा भनिएको छ।

यो व्यवस्थाले अब कुनै पनि भीआईपी वा भीभीआईपी को अध्यागमन प्रक्रिया उनीहरूको अनुपस्थितिमा पूरा गर्न पाइने छैन। अध्यागमनको रेकर्डका लागि फोटो अनिवार्य गरिए पनि उनीहरूले बायोमेट्रिक (औँठा छाप) भने दिनु नपर्ने सूचनामा स्पष्ट पारिएको छ।

नेपाल राजपत्रमा उल्लेखित भएकाहरूले पनि उक्त भीआईपी/भीभीआईपी डेस्कको प्रयोग गरी आफ्नो अध्यागमन प्रक्रियालाई सहज बनाउन अनुरोध गरेको छ। यो नयाँ व्यवस्थाले विमानस्थलको अध्यागमन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

517381582_1235940454402134_5294002622528789830_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप