नवराज सुवेदीलाई पदबाट हटाउँदा लिङ्देनले गरेका थिए चलाखी
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष परिवर्तन गरेपछि पार्टीमा विवाद सिर्जना भएको छ।
- लिङ्देनले विधान विपरीत कार्य गर्दै सुवेदीलाई हटाएपछि इतर समूहले निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको छ।
- सुवेदीलाई हटाएपछि प्रवक्ता र विदेश विभागबाट समेत हटाएको आरोप लागेको छ।
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष परिवर्तन गरेपछि पार्टीमा हंगामा भएको छ । उनले ३ दिनअघि अनुशासन समिति अध्यक्षमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए । तर, उनले चलाखी अपनाउँदै नवराज सुवेदीलाई हटाएको बारे केही खुलाएका थिएनन् ।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य मा.रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गर्नुभएको छ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । तर, सुवेदीलाई हटाइएको बारे भने विज्ञप्तिमा केही भनिएको थिएन ।
सुवेदीको नामै नलिई लिङ्देनले एकाएक नयाँ अध्यक्ष मनोनीत गरेसँगै राप्रपामा लिङ्देनमाथि प्रश्न उठेको हो। केन्द्रीय कार्यसमितिले मात्रै अनुशासन समिति अध्यक्ष फेर्न सक्ने भए पनि लिङ्देनले आफूखुसी निर्णय गरेको आरोप लागेको छ।
पार्टीको विधानमा अध्यक्षको काम, कर्तव्य र अधिकारबारे भनिएको छ, ‘पार्टीको अनुशासन कायम राख्नका लागि निर्देशन दिने र आवश्यक परे कारबाही चलाउन केन्द्रीय कार्यसमितिमा पेस गर्ने ।’ तर, यस व्यवस्था विपरीत लिङ्देनले एकैपटक निर्णय गरेर विधान विपरीतको काम गरेको इतर समूहको भनाइ छ ।
यसैगरी अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका थिए । यसअघि लिङ्देनले विदेश विभागबाट समेत हटाएका थिए । यसरी लिङ्देनले विधान विपरीतको काम गरेको भन्दै सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । सुवेदी हाल हिन्दु राष्ट्र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् ।
राप्रपाको इतर समूहको शनिबार भएको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण