अपडेट
सुनसरीमा दम्पती मृत भेटिए
आइतबार, २९ असार २०८२, १३ : ३९
सारांश
- सुनसरीको इनरुवामा एक दम्पती घरभित्र मृत अवस्थामा फेला परेका छन्।
- श्रीमान् सुकदेव शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ, श्रीमती सवेता खातुन ओछ्यानमा मृत भेटिइन्।
- प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने अनुमान छ।
काठमाडौँ । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा दम्पती मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत भेटिएका हुन् ।
फुसको घरमा सारीको पासो लागेको अवस्थामा शर्मा र उनकी पत्नी सवेता ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलााई बताए ।
डीएसपी खतिवडाका अनुसार शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सवेताको शरीरमा चोटपटक देखिएको छैन । डीएसपी खतिवडाले भने, ‘हामीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण