छाउपडी प्रथाबाट महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न मिजारको माग
सारांश
- सांसद सिता मिजारले छाउपडी प्रथा अन्त्य गर्न सरकारसँग माग गरिन्।
- कञ्चनपुरमा छाउ गोठमा सुतेकी महिलाको सर्पको डसाइबाट मृत्यु भएपछि सरकारको ध्यानाकर्षण गराएकी हुन्।
- उनले किसानहरूलाई सहज रूपमा मल उपलब्ध गराउन र कालोबजारी रोक्न आग्रह गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले छाउपडी प्रथाको अन्त्य गर्दै महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद मिजारले समाजको कलंकको रूपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न तत्कालै उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका एकमा छाउ गोठमा सुतेको बेला सर्पले डसेर २८ वर्षीय कमला आउजीको मृत्यु भएपछि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले नुवाकोटका अधिकांश किसान डीएपी र युरिया मलको चरम अभावसँग जुधिरहेको बताउँदै किसानहरूलाई सहज रूपमा सरकारी मूल्यमा नै मल प्राप्त गर्ने कुराको सुनिश्चित गर्न आग्रह गरिन् ।
मिजारले सरकारी गोदाममा मल नपाइने, तर बजारमा भने दोब्बर मूल्यमा त्यही मल सजिलै पाइने किसानहरूको गुनासो रहेकाले यस सम्बन्धमा तत्कालै छानबिन गरी कालाबजारीलाई प्रोत्साहन गर्ने दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण