महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त
आइतबार, २९ असार २०८२, १४ : ४७
काठमाडौँ । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनी कुमार ठाकुर नियुक्त भएका छन् । असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको बैंकले आइतबार जानकारी दिएको छ ।
उनीसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।
आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद बहाली गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण