प्रधानमन्त्रीमाथि कारबाहीको माग गर्दै अख्तियारमा निवेदन
आइतबार, २९ असार २०८२, १७ : १३
सारांश
- युवराज सफलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै अख्तियारमा निवेदन दिएका छन्।
- सफलले संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भएका १० जना नेपाली स्वदेश नफर्किएको भन्दै ओलीलाई जिम्मेवार ठहराएका छन्।
- सफलले तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पक्राउ गरिएको उदाहरण दिँदै ओलीलाई पनि कारबाहीको माग गरेका छन्।
काठमाडौँ । स्पेनमा मानव तस्करीमा संलग्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको छ । युवराज सफल नामका व्यक्तिले अख्तियारमा आइतबार निवेदन दर्ता गरेका हुन् ।
उजुरीमा ईन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स कार्यक्रममा सहभागी भएका १० जना व्यक्तिहरू नेपाल नफर्किएको भन्दै यसको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने उल्लेख छ ।
‘जसरी तत्कालीन कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको थियो त्यही नजिरको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्नु आवश्यक देखिन्छ’, उजुरीकर्ताले भनेका छन् ।
के छ सफलको निवेदनमा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण