रसुवामा मनसुनजन्य विपद्को जोखिम कायमै, सावधानी अपनाउन प्रशासनको अनुरोध
सारांश
- रसुवा जिल्ला प्रशासनले मनसुनजन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार भारी वर्षा भई नदीहरूमा बहाव बढ्न सक्ने देखिएको छ।
- बाढीपहिरोको जोखिमका कारण सडक मार्ग अवरुद्ध हुनसक्ने भएकाले यातायात सावधानी अपनाउन अनुरोध छ।
काठमाडौँ । रसुवा जिल्लामा मनसुनजन्य विपद्को सम्भावना कायमै रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले आइतबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र चीनतर्फबाट प्राप्त सूचनाका आधारमा आगामी दिनमा भारी वर्षा भई नदीहरूको बहाव बढ्न सक्ने देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
भोटेकोशी, त्रिशूली, लाङटाङ खेला, चिलिमे खोला र अन्य नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयवासी, निर्माणाधीन आयोजना तथा नदी किनारमा रहेका कार्यालयलाई आवश्यक पूर्व तयारी तथा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेकाे छ।
‘जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने हुँदा विपद्को जोखिम हुनसक्ने सम्भावना रहेको भनी आवश्यक पूर्व तयारी र सावधानीका लागि सूचना प्राप्त भएकाले रसुवा जिल्ला भई बहने (भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका क्षेत्रमा मनसुनजन्य विपद्को जोखिम रहेकाले उक्त क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्व तयारी एवम् सावधानी अपनाउनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ ।
जारी सूचनामा सम्भावित बाढी पहिरोका कारण जिल्ला अन्तर्गतका सडक मार्गहरूमा अवरोध सिर्जना हुन सक्ने भएकाले यातायातका साधन चलाउँदा वा यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
गत असार २४ गते बिहान रसुवाको टिमुरेस्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवागढी नाकामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण