पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु
सारांश
- सर्लाहीको कविलासी नगरपालिकामा दुई वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
- खेल्ने क्रममा हराएका बालकलाई घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला पारियो।
- प्रहरीले घटनाको अनुसन्धान गर्दै शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
सर्लाही। सर्लाहीको कविलासी नगरपालिका–५, घरदौली टोलमा आइतबार साँझ एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय देव नारायण पासवानका दुई वर्षीय छोरा सुरज पासवानको खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको हो ।
आइतबार साँझ करिब ७ बजेतिर खेल्दाखेल्दै हराएका बालकको परिवारजन र स्थानीयले खोजी गर्ने क्रममा राति ९ बजेर १० मिनेटमा घरभन्दा करिब सय मिटर पश्चिममा रहेको बिन्देश्वर रायको पोखरीमा मृत अवस्थामा फेला पारेका थिए ।
घटनाको खबर पाए लगत्तै अस्थायी प्रहरी पोस्ट हेमपुर पचगछियाबाट प्रहरी हवलदार हरेराम केसरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक रोमन राज अर्यालको कमाण्डमा अर्को टोली पनि घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो ।
प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण