मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टीकृत मिर्गौला उपचार केन्द्र स्थापना गर्ने बताए ।
- नारायणी अस्पतालमा स्तन क्यान्सर जाँच र निःसन्तान उपचार सेवाको शुभारम्भ गरियो ।
- मन्त्रीका अनुसार, मधेस प्रदेशमा मिर्गौला रोगीको संख्या धेरै भएकाले उपचार केन्द्र आवश्यक छ।
पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टीकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन् ।
नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आइतबार शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टीकृत उपचार केन्द्रको आवश्यकता औँल्याए ।
“आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टीकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,” उनले भने, “अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।”
मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौला रोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिए । “अहिले मिर्गौला रोगीको बिरामी भयावहजस्तै भइरहेको छ । आठ हजारभन्दा धेरै त वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा देखिएको छ,” उनले भने, “तीमध्ये चार हजारभन्दा धेरै मधेस प्रदेशका जनताले मिर्गौलाको डाइलाइसिस गर्दै आइरहेकाले मधेस प्रदेशमा मिर्गौलाको उपचार गर्ने विशिष्टीकृत अस्पताल स्थापना गर्न लागेका हौँ ।”
मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताए । उनले नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरिटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातेमालोले मात्रै व्यवस्थित गराउन सकिने उल्लेख गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालले पछिल्लो समय विभिन्न उपचार थप गर्दै आइरहेको जानकारी दिए ।
“आजदेखि हामीले निसन्तान दम्पतीका लागि निःशुल्क रूपमा आइयुआई युनिटको शुभारम्भ गरेका छौँ,” उनले भने, “यसले ठुलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण