मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिफा क्लब विश्वकप: जारी खेलमा चेल्सीलाई २ः० को अग्रता

सोमबार, ३० असार २०८२, ०१ : २८
सोमबार, ३० असार २०८२

सारांश

  • चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध फिफा क्लब विश्वकपको फाइनलमा २-० को अग्रता लिएको छ।
  • खेलको पहिलो हाफमा चेल्सीका कोल पाल्मरले २२ र २९ औं मिनेटमा गोल गरे।
  • मेटलाइफ स्टेडियममा जारी खेलमा चेल्सीले अग्रता कायम गरेको छ।

काठमाडौँ। न्यू जर्सीको मेटलाइफ स्टेडियम जारी फिफा क्लब विश्वकपको फाइनल खेलमा यो समाचार तयार पर्दा सम्म चेल्सीले  पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध २ः० को अग्रता लिएको छ । खेलको पहिलो हाफ चलिरहँदा चेल्सीले २–० गोलको अग्रता बनाएको हो । 

चेल्सीका लागि खेलको २२ र २९ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै २ः० को अग्रता दिलाएका छन् ।

पिएसजीले यसअघि सेमिफाइनलमा रियल मड्रिडलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यसअघि उसले इन्टर मियामी, बायर्न म्युनिखलगायत टोलीलाई हराउँदै प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएको छ।

चेल्सीले पनि उत्कृष्ट प्रदर्शन जारी राख्दै सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप