फिफा क्लब विश्वकप फाइनल हेर्न मैदान पुगे ट्रम्प दम्पती
काठमाडौँ। फिफा क्लब विश्वकप २०२५ को फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी, प्रथम महिला मेलानिया ट्रम्प, न्यू जर्सीको मेटलाइफ स्टेडियम पुगेका छन्।
ट्रम्प दम्पतीले आफ्नो निवास रहेको बेडमिन्स्टरको गल्फ क्लबबाट पूर्वी रदरफोर्डस्थित मेटलाइफ स्टेडियमसम्म करिब ४० माइल यात्रा गर्दै खेल अवलोकन गर्न पुगेका हुन्।
नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ बजे सुरु भएको फाइनल खेल युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सीबीच प्रतिस्पर्धा गर्दैछन् ।
पिएसजीले यसअघि सेमिफाइनलमा रियल मड्रिडलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यसअघि उसले इन्टर मियामी, बायर्न म्युनिखलगायत टोलीलाई हराउँदै प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएको छ।
चेल्सीले पनि उत्कृष्ट प्रदर्शन जारी राख्दै सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण