काभ्रेको कालढुंगामा अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा
सोमबार, ३० असार २०८२, ०९ : ३०
सारांश
- काभ्रेको रोशी गाउँपालिकामा लेदो आएपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो।
- जेसिबीको प्रयोग गरी लेदो पन्छाएपछि सोमबार बिहान ६ बजेदेखि राजमार्ग सञ्चालनमा आएको छ।
- सडक खुलेपछि पूर्व र काठमाडौँतर्फ आउने-जाने सवारी साधनहरू सहजै सञ्चालन भएका छन्।
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको थियो । जेसीबीको सहयोगमा लेदो पन्छाएर सोमबार बिहान ६ बजेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
आइतबार साँझ दुइतर्फी सडक बन्द भएसँगै ईलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टोली र ट्राफिक प्रहरीको टिम सडक खुलाउन लागिपरेका थिए । सडक सुचारु भएसँगै काठमाडौँबाट पूर्वतिर हिँडेका र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनहरू निर्बाध सञ्चालन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण