अनाथ बालबालिकाका लागि खाद्य सामग्री सहयोग
सारांश
- साना किसान कृषि सहकारी संस्था लि. सिमराले साङ्गे छोयलिङ्ग बुद्ध गुम्बाका बालबालिकाहरूलाई खाद्यान्न सहयोग गर्यो।
- संस्थाले स्थापना दिवसको अवसरमा ३० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो।
- अम्लेखगञ्जस्थित गुम्बामा ६० जना अभिभावकविहीन बालबालिकाहरू बस्छन्।
बारा । साना किसान कृषि सहकारी संस्था लि. सिमराले साङ्गे छोयलिङ्ग बुद्ध गुब्बामा आश्रय लिएका अभिभावक विहीन बालबालिकाहरूका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ ।
संस्थाले दशौँ स्थापना दिवसको अवसरमा आइतबार बाराको अम्लेखगञ्जस्थित साङ्गे छोयलिङ्ग बुद्ध गुम्बाका बालवालिहरुका लागि चामल, तेल, पिठो, बिस्कुट, चिउरा लगायतका खाद्य सामग्री सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष कमला कुमारी रिमालले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले करिब ३० हजार मूल्य बराबरको खाद्य सामग्री सहयोग गरेको बताइन् ।
अम्लेखगञ्ज स्थित साङ्गे छोयलिङ्ग बुद्ध गुब्बामा ६० जना बालबालिकाहरू बस्दै आएका छन् ।
गुम्बा सञ्चालन समितिकी सदस्य सुकमाया वाइवाले देशभरबाट सम्पर्कमा आएका अभिभावक विहीन टुहुरा बालबालिकाहरूलाई मात्रै गुम्बामा राखिएको बताइन् ।
उनले अनाथ आश्रम सञ्चालनका लागि वर्षभरिमा स्वास्थ्य उपचार, खाद्यान्य, स्टेशनरी, शैक्षिक गतिविधि, कर्मचारी व्यवस्थापन लगायतमा ४८ लाख खर्च लाग्ने र चन्दा संकलनबाटै संस्था सञ्चालन गर्दै आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण