सिरियामा साम्प्रदायिक दंगामा कम्तीमा ३० जनाको मृत्यु
सारांश
- सिरियाको स्वेइदा सहरमा बेडुइन र ड्रुज समुदायबीचको सशस्त्र झडपमा ३७ जनाको मृत्यु भएको छ।
- झडपमा सयौं मानिस घाइते भएका छन् भने केही घरमा आगजनी समेत भएको छ।
- स्थानीय गभर्नर र धार्मिक नेताहरूले हिंसा रोक्न र शान्ति कायम गर्न आह्वान गरेका छन्।
दमस्कस । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिरियाको आन्तरिक मन्त्रालयका अनुसार झडपमा सय जना मानिस घाइते भएका छन् । तर मानवअधिकार समूहले भने झडपमा परेर कम्तीमा ३७ जना मरेको बताएको छ ।
गएको डिसेम्बरमा असदको शासन पतन भएयता देशभरमा अनेकौँ अल्पसङ्ख्यक समूहबिच झडप भइरहेको छ । नयाँ सरकारले यस्ता घटना नियन्त्रण गर्ने प्रयास गरिरहेको भए पनि स्थितिमा खासै सुधार आउन सकेको छैन ।
गएको वर्षको अन्त्यतिर ह्यात तहरिर–अल–शाम (एचटीएस) नेतृत्वको सुन्नी इस्लामी सशस्त्र समूहले दमस्कस कब्जामा लिएको थियो । यसपछि बशर अल–असद नेतृत्वको सरकार ढलेको थियो ।
झडपमा २७ जना ड्रुज र १० बेडुइन लडाकुहरू सहित ३७ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूबाट धेरै बासिन्दाहरू विस्थापित भएको र केही घरहरूमा आगजनी भएको भनिएको छ ।
स्वेइदाका गभर्नर मुस्तफा अल–बकुरले सबै पक्षलाई संयम अपनाउन र राष्ट्रिय सुधारको आह्वानमा प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । ड्रुज धार्मिक नेताहरूले पनि हिंसा रोक्न र शान्ति कायम गर्न आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण