स्पेनको कार्यक्रममा गएर उतै बसेको प्रकरण : गृहद्वारा छानबिन सुरु
सारांश
- गृह मन्त्रालयले स्पेनमा आयोजित कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे छानबिन सुरु गरेको छ।
- गृहमन्त्रीको निर्देशनमा एनजीओ र आईएनजीओले पैसा उठाएर मानिसहरूलाई स्पेन लगेर छोडेको विषयमा छानबिन हुँदैछ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरिसकेको छ र गृहमन्त्रीलाई ब्रिफिङ गरिएको छ।
काठमाडौँ । स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे गृह मन्त्रालयले दुई विषयमा केन्द्रित रहेर छानबिन सुरु गरेको छ ।
मन्त्रालय र त्यस मातहतका निकायले त्यो कार्यक्रममा को को गए ? कसरी गए ? ठगेर कसैले लग्यो कि स्वेच्छाले गए ? र कस्ता कागजात प्रयोग गरेर गए भन्ने विषयमा छानबिन सुरु गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे छानबिन सुरु गरिएको जानकारी दिए । ‘कार्यक्रममा को को गए ? कसरी गए ? ठगेर कसैले लग्यो कि स्वेच्छाले गए ? र कस्ता कागजात प्रयोग गरेर गए,’ प्रवक्ता तिवारीले रातोपाटीसँग भने, ‘त्यो विषयमा हामीले छानबिन सुरु गरेका छौँ ।’
यसबारे कसरी छानबिन गर्ने र केके विषयमा छानबिन गर्ने भन्नेबारे गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो मन्त्रालय सम्बद्ध अधिकारीहरूसँग बैठक गरेका थिए । मन्त्री लेखकले गृह सचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालसंग मन्त्री लेखकले बैठक गरेका हुन् ।
बैठकमा गृहमन्त्री लेखकले कार्यक्रममा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने छानबिन गर्न निर्देशन दिएको प्रवक्ता तिवारीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी बनाउने भनेर एनजीओ र आइएनजीओले पैसा उठाएर र केही व्यक्तिलाई लगेर उतै छोडेको विषयमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रश्न उठाइरहेका छन् । यसबारे गृह मन्त्रालयले छानबिन सुरु गरेको हो ।
गृहमन्त्री लेखकले बोलाएको बैठकमा सहभागी अध्यागमन विभागका महानिर्देशक रिजालले घटनाबारे सत्य तथ्य छानबिन गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘बाहिर आएका कुरा के हुन् ? सत्य के भएको हो ? त्यसबारे सत्य तथ्य छानबिन गर्नुस् भनेर मन्त्रीज्यूले बैठकमा निर्देशन दिनुभयो,’ महानिर्देशक रिजालले रातोपाटीसँग भने ।
गृह प्रवक्ता तिवारीले यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरिसकेको जानकारी दिए । त्यसबारे पनि मन्त्री लेखकलाई प्रहरी महानिरीक्षक थापाले ब्रिफिङ गरेका थिए ।
मन्त्री लेखकले सोमबार बिहान गृह सचिव दवाडी र आईजीपी थापालाई बोलाएर यसबारे छानबिनका लागि निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण