दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी सम्पन्न
सारांश
- दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी सम्पन्न भएको छ, जसले नाटक परम्परालाई पुनर्जागृत गर्ने लक्ष्य राखेको छ।
- सङ्गोष्ठीमा नाट्य लेखन र मञ्चनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
- कार्यक्रममा विभिन्न नाटकहरू प्रदर्शन गरिनुका साथै नाटक र लेखनबारे संवाद समेत भएको थियो।
दाङ । दाङको नाटक परम्परालाई पुनर्जागृत गर्ने र थिएटर स्थापना गर्ने सङ्कल्पसहित दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी सकिएको छ । प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पहल नेपाल र शैली थिएटरले असार २८ र २९ गते दाङको घोराहीमा नाट्य सङ्गोष्ठी आयोजना गरेको थियो ।
सङ्गोष्ठीको पहिलो दिन दाङमा नाट्य लेखन तथा मञ्चन परम्पराका प्रारम्भकर्ता नारायणप्रसाद शर्मा, एकराज शर्मा, कमलापति बस्याल, रामचन्द्र गुप्ता, पुरुषोत्तम खनाल, ऋषिराज जंगली, उत्तमकृष्ण मजगैयाँ, गोविन्दराज श्रेष्ठ, मिठ्ठु श्रेष्ठ विल्सन, कृष्णा गौतम लम्साल, विश्वमा गौतम भण्डारी र इन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
दोस्रो सत्रमा नाट्यकर्मीहरू नारायण योगी, कर्ण प्रिय धिताल, तुलसीराम बस्याल, हिन्दु विद्यापीठ, सभ्यता पाठशालाले नाटक प्रदर्शन गरेका थिए ।
सङ्गोष्ठीको दोस्रो दिनको पहिलो सत्रमामा दाङमा नाटक शीर्षकमा नाट्यकर्मी ऋषिराज जंगली, लोकसंस्कृतिविद् डा.गोविन्द आचार्य, साहित्यकार उत्तमकृष्ण मज्गगैयाँसंग संवाद गरिएको थियो । नाट्य संवाद सत्रको सहजीकरण सङ्गोष्ठीका संयोजक केएल बुढाथोकीले गरेका थिए ।
सङ्गोष्ठीमा डा. टिकाराम उदासीले दाङमा लेखन र मञ्चन : एक प्रारम्भिक सर्वेक्षण शीर्षकको आधार पत्र प्रस्तुत गरेका थिए भने आधार पत्रमाथि डा. सुदीप गौतम र केबी चौधरीले टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण